मङ्सिर ०७, २०८१, शुक्रबार
काठमाण्डौ।
आज नेकपा एमालेले जागरण सभा नामबाट काठमाण्डौको दरबारमार्गमा शक्ति प्रदर्शनको कार्यक्रम गर्दै छ । सो कार्यक्रममा एमालेले विभिन्न जिल्लाबाट ठुलो संख्यामा कार्यकर्ता उतार्ने जनाएको छ । उक्त्त कार्यक्रमले गर्दा सामान्य जीवनयापन गर्ने सर्वसाधारण मानिसहरुले बेकाममा सास्ती खेप्नु परेको छ । यति बेला दरबारमार्ग आसपासको ठाउहरुमा सवारी जामका कारण सर्वसाधारण मानिसहरु अलपत्र परेका छन् । सार्वजनिक सवारी साधनहरु अधिकांस एमालेले रिजर्भमा प्रयोग गर्नाले यात्रुहरुले सार्वजनिक सवारी साधनहरु पाउन समेत कठिन परेको थियो । दरबारमार्गतर्फ आउने स्थानहरुमा सवारी साधनहरुको निकै लामो लाईन रहेको छ । जाम ब्यबस्थापनका लागि ट्राफिक प्रहरीले केशरमहल, महेन्द्र शालिक र जयनेपालमा सवारी डाईभर्सन समेत गरेको छ यधपी पुतलिसडक, सिंहदरबार, भद्रकाली, महाबौद्ध, जमल, कान्तिपथ, कमलादी एरिया बिहानैदेखि सवारी साधनहरुको जाम भएको थियो। जस कारण आम मानिसहरु समयमा गन्तब्य पुग्न भने निकै समय लागेको थियो।
आजको दिन एमालेको मात्र कार्यक्रम छैन उता सहकारीमा बचत गरेको रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । भने अभियन्ता ब्यबसायी दुर्गा प्रसाईं समर्थकहरुले पनि आज काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका छन् । यद्दपी दुर्गा प्रसाईं हाल प्रहरी नियन्त्रणमा भएता पनि उनका समर्थकहरुले सो कार्यक्रम गर्ने छन्।