निर्वाचनमा हार व्यहोरेपछि योगेश भट्टराईले मागे सुझाव: “एमालेलाई ठूलो धक्का लाग्यो”

पढ्नै पर्ने

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको परिणामलाई ‘ठूलो धक्का’ भन्दै सार्वजनिक रूपमा सुझाव मागेका छन्।
निर्वाचनको नतिजापछि सामाजिक सञ्जालमार्फत उनले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीबारे वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका हुन्। भट्टराईले पार्टीका नेता, कार्यकर्ता र बुद्धिजीवीहरूलाई एमालेको रूपान्तरण र पुनर्जागरणका लागि सुधारका ठोस प्रस्ताव पठाउन आग्रह गरेका छन्।
उनले निर्वाचनमा हारको कारण, सुधारका उपाय र पार्टीको आगामी सम्भावनाबारे आफ्नो इमेल वा ह्वाट्सएपमा सुझाव दिन अनुरोध गरेका हुन्। “समीक्षामार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न समाधान हुनुपर्छ,” उनले भनेका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?