ट्राफिक सचेतना कक्षा अब अनलाइन, घरबाटै लिन सकिने

पढ्नै पर्ने

ट्राफिक नियम उल्लंघन गरेपछि अनिवार्य लिनुपर्ने सचेतना कक्षा अब घरबाटै अनलाइन लिन सकिने भएको छ। गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ‘नागरिक एप’ मार्फत सञ्चालन हुने उक्त प्रणालीको शुभारम्भ गर्नुभयो।

यो नयाँ व्यवस्थासँगै नियम उल्लंघन गर्ने चालकहरूले अब भौतिक रूपमा ट्राफिक कार्यालयमा पुग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।

कार्यक्रममा गृहमन्त्री लेखकले प्रविधिको प्रयोगले प्रहरी सेवालाई नागरिकमैत्री बनाउन मद्दत पुग्ने बताउँदै यसलाई प्रभावकारी रूपमा निरन्तरता दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयाम हो।”

त्यसैगरी, प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत यो सेवा सुरु गरिएको र यसले नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा प्रणाली विकासमा सहयोग पुर्‍याउने ‘ट्रिलिफ टेक्नोलोजी’ र ‘ज्ञानबजार प्रालि’ लाई सम्मान गरिएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?