जुवाको खालबाट नगदसहित ६ जना पक्राउ

पढ्नै पर्ने

तनहुँको भानु नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

भानु नगरपालिका-१ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा घरधनीसहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घरधनी ५८ वर्षीय कर्ण बहादुर गुरुङ लगायत रहेका छन् ।

इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाको खालबाट नगद ३५ हजार ८ सय ७५ रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?