काठमाडौं: प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोष अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार शिलान्यास गरेका छन्। यो भवनले बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूलाई निधन हुँदा आशौच बार्न सहजता प्रदान गर्नेछ। महाराजगञ्जमा बन्ने यो भवनको निर्णय गत भदौ १९ मा भएको थियो।
प्रहरी महानिरीक्षकद्वारा किरिया पुत्री भवन शिलान्यास
काठमाडौँ - 🕗२०८२ कार्तिक १७ गते सोमबार, काठमाडौं।





