सीटीईभीटीको ‘भटाभट्’ पुनसंरचना हुने, कार्यान्वयन समिति गठन

पढ्नै पर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीलाई समयसापेक्ष सुधार गर्न गठित विज्ञ टोलीले प्रतिवेदन बुझाएको छ ।
महावीर पुनले दिएको जानकारी अनुसार, पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा गठित कार्यदलले एक महिना लामो अध्ययनपछि प्रतिवेदन बुझाएको हो ।


सीटीईभीटीको विद्यमान संरचना र तालिम कार्यक्रमहरूलाई समयको माग अनुसार परिमार्जन गर्न पुनसंरचना अपरिहार्य देखिएकोले यो कदम चालिएको हो ।


शिक्षामन्त्री पुनले अब प्रतिवेदनका सुझावहरूका आधारमा पुनसंरचनाको काम धमाधम अघि बढ्ने बताएका छन् । यसका लागि तत्काल काम सुरु गर्न ‘कार्यान्वयन समिति’ समेत गठन भइसकेको छ ।

यो कदमले नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा समयसापेक्ष सुधार ल्याउने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?