चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

पढ्नै पर्ने

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. देवेन्द्र खत्री नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुभयो। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश ल्याएपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झा पदमुक्त हुनुभएको थियो, जसका कारण यो पद रिक्त रहेको थियो।
यसअघि आयोगमा उपाध्यक्ष नहुँदा अर्को व्यवस्था नभएसम्मका लागि पूर्व उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। डा. खत्रीको नियुक्तिसँगै अब आयोगले नयाँ पूर्णकालीन नेतृत्व पाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?