काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि रोकिएको छ (होल्ड गरिएको छ)।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आज (असार २९ गते) दिउँसो १२:३३ बजे एक जरुरी सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी साधन रोकिएको जानकारी दिएको हो। रोशी खोला क्षेत्रमा पानी परिरहेकाले बाढी वा अन्य प्राकृतिक जोखिम हुन सक्ने भन्दै सुरक्षाका लागि यो कदम चालिएको प्रहरीले जनाएको छ।
हाल सडकमार्गमा कुनै भौतिक अवरोध नभए तापनि सावधानीका लागि सवारी रोकिएको र स्थिति सामान्य हुनासाथ अर्को सूचना जारी गरी बाटो सुचारु गरिने प्रहरीले स्पष्ट पारेको छ।
यात्रामा रहेका सर्वसाधारणलाई थप जानकारी वा सोधपुछका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’
काठमाडौँ - 🕗२०८३ असार २९ गते सोमबार, काठमाडौं।





