शनिबारदेखिको वर्षा र रोशी खोलाको बाढीले विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । चौकीडाँडा, नार्के, माम्ती र नेपालथोक लगायतका ठाउँमा सडक क्षतिग्रस्त भएकाले तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।
सडक बन्द हुँदा सयौँ सवारी साधन र यात्रीहरू अलपत्र परेका छन् । मंगलटार क्षेत्रमा रोकिएका यात्रीहरूलाई तेमाल हुँदै वैकल्पिक मार्गबाट पठाउने प्रयास भइरहेको छ ।
बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध
काठमाडौँ - 🕗२०८३ बैशाख १३ गते आइतबार काठमाडौं।





