धुलिखेल, काभ्रेपलाञ्चोक ।
गए राति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडकमा आएको अवरोधलाई मर्मत गरेपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि वर्षा हुने सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। राजमार्ग अहिलेका लागि सञ्चालनमा आए पनि मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै सचेत रहन भनिएको हो।
यात्राका क्रममा कुनै आपतकालीन अवस्था सिर्जना भएमा वा सडकको अवस्थाबारे जानकारी लिनु परेमा आपतकालीन सम्पर्क नम्बर १०० र १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले यात्रुहरूलाई अनुरोध गरेको छ।





