विज्ञापन बजारलाई स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री डा. तिमिल्सिना

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

काठमाडौँ, ८ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सरकारले विज्ञापन चक्रमा व्यापक सुधार गरिरहेको बताउनुभएको छ ।

राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूसँग आइतबार भएको भेटमा मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा विगतमा देखिएका आर्थिक अनियमिततालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले अबका दिनमा विज्ञापन वितरण प्रक्रियालाई पूर्णतः व्यावसायिक र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटका क्रममा मन्त्री तिमिल्सिनाले भन्नुभयो, “हालै जारी भएको राष्ट्रिय विज्ञापन नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाइनेछ । विज्ञापनदाता, एजेन्सी, सञ्चारमाध्यम र नियामक निकाय सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ ।”

डिजिटल माध्यमको तीव्र विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन शैलीमा पनि परिवर्तन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । विज्ञापन क्षेत्रले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

सो अवसरमा राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूले कोभिड–१९ पछि विज्ञापन व्यवसायमा देखिएका समस्या र नीतिगत चुनौतीहरूबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए । संघले विज्ञापन एजेन्सीहरू सरकार र उपभोक्ताबीचको महत्त्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै यस क्षेत्रको संरक्षणका लागि आग्रह गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?