अरनिको राजमार्ग विस्तारमा ढिलाइ: वर्षा र स्थानीय विवाद बाधक, समयमै काम नसकिने

पढ्नै पर्ने

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म निर्माणाधीन अरनिको राजमार्ग विस्तार आयोजना तोकिएको समयमा नसकिने भएको छ। मनसुनको सुरुवातसँगै निर्माण कार्य रोकिएको छ भने बनेपाको पुलबजार क्षेत्रमा स्थानीय विवादका कारण चार महिनादेखि काम ठप्प छ। आयोजनाको हालसम्मको प्रगति करिब ५० प्रतिशत मात्रै भएकोले बाँकी काम निर्धारित ६ महिनामा सम्पन्न नहुने निश्चित भएको हो।

आयोजनाका अनुसार, वर्षाका कारण धुलिखेल र बनेपाको जनगाल क्षेत्रमा सडक पक्की गर्ने काम रोकिएको छ। तर, विस्तार कार्यको मुख्य अवरोध भने बनेपा पुलबजारमा देखिएको छ। सडकको ‘सेन्टर लाइन’ बाट दायाँबायाँ बराबर जग्गा लिनुपर्नेमा स्थानीयले आ-आफ्नो घरबाट बराबर दूरीमा छुट्याउनुपर्ने माग राख्दै निर्माणमा अवरोध गरेका हुन्। यो विवाद समाधानका लागि भएका पटक-पटकका छलफल निष्कर्षविहीन बनेका छन्।
स्थानीय विवाद र वर्षाका साथै, सुरुवाती चरणमा बिजुलीका पोल, रुख र घर-टहरा हटाउन ढिलाइ हुँदा पनि आयोजना पछि धकेलिएको थियो।

वि.सं. २०७९ पुसदेखि सुरु भएको १६ किलोमिटर लामो यो सडक ३६ महिनाभित्र ६ लेनमा विस्तार गरिसक्ने लक्ष्य थियो। तर हालसम्मको सुस्त प्रगति हेर्दा आयोजना सम्पन्न गर्न समय थप्नुपर्ने निश्चित भएको आयोजनाका सूचना अधिकारी सजना अधिकारीले बताउनुभयो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?