पौष १०, २०८१ बुधबार
काठमाण्डौ
भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। क्रिसमसको अवसरमा आज बेलुका होटल हायात हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनि काठमाण्डौ आएका हुन्। सोनु निगमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे थिए । थुप्रै नेपालि चर्चित गितहरुमा समेत स्वर दिईसकेका सोनु निगमले झन्डै ३/४ घण्टा प्रस्तुति दिनेछन। झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने आयोजकले अपेक्षा गरिएको छ, उनले कन्सर्टमा हिन्दि नेपालि गितहरु गाउने कार्यक्रम रहेको छ। कार्यक्रम सके पश्चात भोलि बिहान पशुपतिनाथ दर्शन र पर्वतीय अबलोकन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।