बिपी राजमार्ग रातिको समयमा बन्द हुने

पढ्नै पर्ने

मङ्सिर ०६, २०८१, बिहिबार   
काठमाण्डौ।

गत असोज १०, ११ र १२ सम्म परेको अविरल वर्षाका कारण बिपी राजमार्ग अन्तर्गतका विभिन्न स्थानहरुमा सडक पूर्ण रुपमा क्षतबिक्षत भएको थियो। क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्न रातिको समयमा सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । बीपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले एक सुचना जारि गर्दै ५ कार्तिकदेखि अर्को सूचना जारी नहुन्जेलसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सो सडक खण्ड बन्द हुने भएको छ । धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोलासम्म डाइभर्सनको काम भइरहेकोले रातिको समयमा सडक बन्द रहने सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ।

हेर्नुस सूचना

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?