काठमाडौंमा चिनियाँको ‘डेटिङ स्क्याम’, ६ चिनियाँसहित ५२ पक्राउ

पढ्नै पर्ने

प्रहरीले काठमाडौं उपत्यकामा अवैध कल सेन्टर र अनलाइन डेटिङमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुर र काठमाडौंबाट ६ जना चिनियाँ नागरिक र ४६ जना नेपालीसहित कुल ५२ जनालाई पक्राउ गरेको हो।

उनीहरूले कम्पनी नै दर्ता गरेर नेपाली युवतीहरूलाई प्रयोग गरी ‘मेटो डेटिङ एप’ मार्फत ठगी तथा गैरकानुनी क्रिप्टो कारोबार सञ्चालन गरिरहेको खुलासा भएको छ। प्रहरीले उनीहरूको कार्यालयबाट करिब १४ लाख रुपैयाँ नगद, दर्जनौं ल्यापटप र मोबाइल बरामद गरेको छ।

पक्राउ परेका चिनियाँ नागरिकहरूविरुद्ध क्रिप्टो कारोबारमा मुद्दा चलाइएको छ भने अन्यको संलग्नताबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?