८० कटेका वृद्ध दम्पतीको हत्यामा छिमेकीकै संलग्नता, काठमाडौंमा लुकेर बसेका दुई अभियुक्त फन्दामा

पढ्नै पर्ने

ओखलढुंगाको चिशंखुगढीमा भएको विभत्स हत्याकाण्डको रहस्य खुलेको छ। आफ्नै घरमा मृत फेला परेका ८१ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्र माया राईको हत्यामा संलग्न रहेको आरोपमा ३४ वर्षीय धन बहादुर राना मगरसहित दुई जनालाई प्रहरीले काठमाडौंको डल्लुबाट पक्राउ गरेको हो। गत माघ १२ गते भएको यो हत्या प्रकरणमा लुटपाटको समेत आशंका गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र कोशी प्रदेश प्रहरीको सक्रियतामा उनीहरूलाई समातिएको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?