‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं आज हिरासतमुक्त भएका छन्। निर्वाचन बिथोल्ने कार्यमा संलग्न रहेको आरोपमा फागुन ४ गते पक्राउ परेका उनलाई सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो। पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गरेको हो। कानुनी प्रक्रियाका कारण उनी आज मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट बाहिरिएका हुन्।





