दुर्गा प्रसाईंविरूद्ध अदालतमा आज मुद्दा दर्ता

पढ्नै पर्ने

मंसिर २६, २०८१ बुधबार 
काठमाडौ ।

प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको हो। नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंमाथि अनुसन्धान गरेर केही समय अघि नै सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो। ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार र थप सजायको लागि राय दिएको थियो । सरकारी वकिलले उनलाई दफा ४७ अनुसार उक्त कसुर अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता गरेको हो।


प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले प्रसाईमाथि अनुसन्धान सुरु गरेको थियो। उनी मंसिर ४ गते आफनै निवासबाट पक्राउ परेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?