मङ्सिर ११, २०८१, मंगलबार
काठमाण्डौ ।
घरेलु हिंसा पीडित बिनु यादव पक्राउ परेकी छिन्। सर्वोच्च अदालतको साईन बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले पक्राउ गरेको हो । आज उनले सर्वोच्चको मुल गेटको साईन बोर्डमा कालो रङ छ्यापेकी थिइन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले यस अगाडी अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् । आमरण अनशन बसेकी यादबलाई तत्कालिन सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहमति सहित जुस पिलाएर अनशन तोडाएका थिए ।