हरिशयनी एकादशी: भगवान विष्णुको चार महिने शयनकाल सुरु, घरघरमा तुलसी रोपिँदै

पढ्नै पर्ने

आज आइतबार, आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। सनातन हिन्दू धर्मावलम्बीहरूले आज घरघरमा तुलसीको बिरुवा रोपेर र विशेष पूजाआजा गरी यो पर्व मनाउँदैछन्। आजकै दिनदेखि भगवान् विष्णु चार महिनाका लागि क्षीरसागरमा शयन गर्ने विश्वासका साथ चतुर्मास व्रत पनि सुरु भएको छ।

एक महिनाअघि जेठ शुक्ल एकादशीमा छरिएको तुलसीको दल (सानो बिरुवा) लाई आज घरको आँगन वा मोठमा सारिन्छ। यसरी सारिएको तुलसीको बोटलाई कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म हरेक दिन विशेष रूपमा पूजा गर्ने परम्परा छ।

एकादशीको दिन व्रत बसेर चामलका परिकार नखाई फलाहार गर्ने चलन छ। यस अवसरमा काठमाडौंको बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका विष्णु मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

धार्मिक महत्त्वका साथै तुलसीलाई वैज्ञानिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ। यसले अत्यधिक अक्सिजन दिने, औषधीय गुण बोकेको र घरको वातावरण शुद्ध राख्न मद्दत गर्ने विश्वास गरिन्छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?