मङ्सिर ०२, २०८१, आईतबार
काठमाण्डौ
दशैंमा रिलिज भएको नेपाली फिल्म ‘ज्वाइँ साब’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। जितु नेपाल र नीति शाह अभिनीत फिल्म यही नोभेम्बर २२ मा अस्ट्रेलियाको सिड्नी शहरमा प्रदर्शन हुन लागेको हो। सिड्नीको हर्स्टभिलस्थित एक थिएटरमा आउँदो शुक्रबार फिल्म प्रदर्शन हुने भएको हो। वसन्त निरौला निर्देशित फिल्मलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो। सिड्नीसंगै अन्य सहरहरुमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको पाल्पा इन्टरटेनमेन्टले जानकारीदिएको हो।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायत कलाकारहरूको अभिनय छ ।