काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ बाट प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो ९ सय ट्याब्लेट ‘ट्रामाडोल’ सहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-९ घर भएका २९ वर्षीय सुदिप तामाङ रहेका छन् । प्रहरीले सुदिपसँगै अर्का एक जनालाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कागेश्वरी मनोहराबाट ९ सय ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ
काठमाडौँ - 🕗२०८२ मङ्सिर १६ गते मंगलबार, काठमाडौं।





