काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८८ वर्षको उमेरमा निधन

काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा निधन भएको थियो ।

पढ्नै पर्ने

पौष ०१ , २०८१ आईतबार   
काठमाडौ ।

काठमाडौंका पूर्वमेयर पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा निधन भएको थियो । गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । पीएल सिंह अविवाहित हुन् भने उनका भाइ र बहिनीहरु रहेका छन् । काठमाडौं नगरपालिकालाई उनको समेतको पहलमा २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?