काभ्रेमा एक काष्ठ उद्योगमा आगो लाग्दा एक जनाको ज्यान गयो

पढ्नै पर्ने

काभ्रेपलाञ्चोक धुलिखेल न. पा. ९ स्थित एक काष्ठ उद्योगमा आगो लाग्दा एक जनाको ज्यान गएको छ।

धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत लाईन सर्ट भई आगलागि हुदाँ सो उद्योगमा बस्दै आएकी ७० बर्षीय टिकादेवि दंगाललको मृत्यु भएको हो भने उनका ७३ बर्षका श्रीमान् घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको हो।

आज बिहान करिब ९ बजे लागेको आगो नियन्त्रण गर्न दमकल, नेपाल प्रहरीको टोली, नेपाली सेना, सशस्त्र प्रहरी त्यस्तै स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

उद्योगमा आगो लाग्दा संगै रहेका घरमा समेत क्षति पुगेको थियो। आगोले करीब १ करोड बराबरको मालबस्तु नस्ट भएको प्रहरीको प्रारम्भिक जानकारी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?