बेथानचोक गाउँपालिकास्थित पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर नजान बेथानाचोक गाउपालिकाले अनुरोध गरेको छ।
गाउपालिकाले आज एक बिज्ञप्ति जारि गर्दै बेथानचोक गाउँपालिका र खानिखोला गाउँपालिकाको सिमानामा रहेको महाभारत पर्वतको थामको लेकमा रहेको महाभारत सामुदायिक वनबाट सुरु भएको भीषण आगलागीबाट बेथानचोक गाउँपालिकास्थित पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको हुँदा उक्त आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक लगायत कोहीपनि सर्वसाधारणलाई नजान साथै उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।
गत मंगलबारदेखि सुरु भएको आगोलागी हालसम्म पनि नियन्त्रणमा आएको छैन। पहाडि भिरमा आगो लाग्दा, आगो नियन्त्रणमा समस्या परेको हो। जंगलमा आगो लागेता पनि हालसम्म बस्तीमा असर भने परेको छैन।
