२०८१ कार्तिक ३०
ललितपुरमा बंगुर सुंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको छ । ललितपुर महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोरमा बंगुर संगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो । कार्तिक २५ गते केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको महानगरले जनाएको छ । बंगुर सुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ ।
ललितपुरमा बंगुर सुंगुरमा अफ्रिकन स्वाइन फिबर भएको पुष्टि
