आगामी फागुन १४ गते परेको महाशिवरात्रिको अवसरमा पशुपतिमा क्षेत्रमा १६ लाखको बिजुली सामग्रीले सजावट गरिने भएको छ।
पशुपति क्षेत्र बिकास कोषले माघ १८ गते सूचना जारी गर्दै बिधुतिय बत्तिहरुले साज सजावन बोलपत्र आव्हान गरेको थियो।
सोहि सूचना बमोजिम न्युनतम मुल्यका आधारमा महाशिवरात्री पर्व २०८१ को अवसरमा उक्त कार्य गर्न धाराबिजुली सर्भिस प्रा लि , बागबजार, काठमाण्डौलाई १६ लाख ३२ हजार ८ सय ५० रुपैयामा कार्य सम्पन्न गर्न आज एक सूचना जारी गर्दै बोलपत्र स्वीकृत आशयको सूचना प्रकाशन गरेको हो।
