काठमाडौंको कुलेश्वरबाट प्रहरीले साढे ५७ लाख रूपैयाँभन्दा बढी अवैध रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्ध–९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठ छन् ।
प्रहरी वृत्त कालीमाटीको टोलीले आइतबार दिउँसो उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा सुरुमा २० लाख रूपैयाँ बरामद गरेको थियो ।
सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनको डेरामा समेत छापा मारेको थियो । कोठा खानतलासी गर्दा थप ३७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीबाट कुल ५७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ बरामद गरी आवश्यक कारबाही तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
कुलेश्वरमा प्रहरीको छापा : स्रोत नखुलेको ५७ लाख नगदसहित नमोबुद्धका सरोज श्रेष्ठ पक्राउ
काठमाडौँ - 🕗२०८२ मङ्सिर २१ गते आइतबार, काठमाडौं।





