काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा अनलाइन सट्टाबाजी (बेटिङ) गराएको आरोपमा प्रहरीले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंको बल्खुबाट पक्राउ परेका उनीहरूले ‘बेटाकुलर डट लाइभ’ (betacular.live) नामक साइटमार्फत सट्टाबाजी खेलाउने गरेका थिए । पक्राउ पर्नेहरू भारतको आन्ध्र प्रदेश घर भई हाल सामाखुशी बस्दै आएका थिए । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
एनपिएलमा सट्टाबाजी गराउने ८ भारतीय पक्राउ
काठमाडौँ - 🕗२०८२ मङ्सिर ८ गते सोमबार, काठमाडौं।





