पौष ०५, २०८१ शुक्रबार
काठमाण्डौ
सर्वोच्च अदालतको आदेशसँगै हाजिरी जमानीमा रिहा भएका दुर्गा प्रसाइले रिहा हुने बित्तिक सामाजिक संजालमा “शासक हो मरेको, न्याय मरेको छैन” भन्दै एक स्ट्याट्स पोष्ट गरेका छन्। उनि अगाडि लेख्छन, “राज्यका कुनै निकाय प्रती बिष्वास उडेको होला, तर न्यायालय आज पनि पबित्र छ । राज्यका अनेकन बेथीतीको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्यो, अन्तत्वगत्वा सत्यको जित भएको छ” भन्दै न्यायालयको सम्मान गरेका छन् । हिरासतमा रहदा सहयोग सदभाव व्यक्त गर्ने, नेता गण, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, सुभेच्छुक, न्यायप्रेमी लगायतलाई हृदयदेखी धन्यवाद समेत दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा करोडौ अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले प्रसाईमाथि अनुसन्धान सुरु गरेको थियो। उनी मंसिर ४ गते आफनै निवासबाट पक्राउ परेका थिए । यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो । सिआइबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुन: पक्राउ गरी अनुसन्धान गरेको थियो ।
