काठमाडौंको टेकुस्थित एक होटलमा मानिसलाई बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुर्खेतका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्लाका ३६ वर्षीय धनराज बस्नेत र कास्कीका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन्। टेकुस्थित रोडलाईन प्यालेस होटलमा एक व्यक्तिलाई बन्धक बनाएर कुटपिट गरिरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो। प्रहरीले बन्धक बनाइएका पीडितको सकुशल उद्धार गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
काठमाडौंमा अपहरण तथा बन्धक बनाउने ३ जना पक्राउ
काठमाडौँ - 🕗२०८२ फागुन १३ गते बुधबार, काठमाडौं।





