काठमाडौँ: सर्लाहीको बागमती नगरपालिकामा ‘बागमती माछा पोखरी’ निर्माणका क्रममा ५८ करोड ६२ लाख १४ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सागरनाथ वन विकास परियोजनाको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी ७ करोड ३८ लाख क्युफिटभन्दा बढी ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन गरी रोयल्टी हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो।
अख्तियारले बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान, र सागरनाथ वन परियोजनाका तत्कालीन प्रमुखहरूसहित १७ जनालाई प्रतिवादी बनाएको छ। वन क्षेत्रमा अवैध उत्खनन गर्दा परियोजनाका कर्मचारी र नगरपालिकाका पदाधिकारीबीच मिलेमतो देखिएको अख्तियारको ठहर छ।
बागमती माछा पोखरी निर्माणमा ५८ करोड भ्रष्टाचार: मेयर थापासहित १७ जनाविरुद्ध मुद्दा
काठमाडौँ - 🕗२०८२ माघ २९ गते बिहिबार, काठमाडौं।





