आज सोनाम ल्होछार मनाईदै

पढ्नै पर्ने

आज तामाङ्ग समुदायले विभिन्न कार्यक्रम गरेर नयाँ वर्षका रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार तामाङ्ग समुदायले यो पर्व मनाउने गर्दछन ।

तामाङ्ग समुदायले सोनाम ल्होछारलाई पर्वको रुपमा उत्सव मनाउने गर्दछ। मिठो मिठो परिकार बनाएर खाने र एक आपसमा शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?