सोनाम ल्होसारको अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले माघ १६, १७ र १८ गते (३ दिन) स्थानिय सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै तामाङ समुदायको रास्ट्रीय सांस्कृतिक पर्व २८६१ औ सोनाम ल्होसारकोअवसरमा तामाङ्ग समुदायको बाहुल्यता रहेकोले यस नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदाको दिन नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पुर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था लगायतका सेवा केन्द्र, शैक्षिक संस्थाहरु बन्द रहने बिज्ञप्तिमा उल्लेख गरिएको छ।so
