काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सवा ४ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । थाई एयरलाइन्सबाट बैंकक हुँदै काठमाडौं आएका ३३ वर्षीय रंजित सिंहको लगेजबाट ४ किलो २ सय ८४ ग्राम गाँजा बरामद भएपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा र भन्सार टोलीको संयुक्त जाँचका क्रममा सिंह समातिएका हुन् । सोही घटनामा संलग्न रहेको र गाँजा संकलन गर्न विमानस्थलको पार्किङमा बसेको अवस्थामा अर्का भारतीय नागरिक पुनित शर्मा पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ ।
बैंककबाट गाँजा तस्करी गर्ने दुई भारतीय विमानस्थलबाट पक्राउ
काठमाडौँ - 🕗२०८२ पुस ०७ गते सोमबार, काठमाडौं।





