अध्यागमन कार्यालयमा छापा, प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा

पढ्नै पर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

भट्टराईलाई टंगालस्थित अख्तियारको मुख्य कार्यालयमा राखिएको छ । भट्टराईमाथि भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा लागेको छ । सोही उजुरीका आधारमा अख्तियारले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रूपमा गृह मन्त्रालयमा तानिएको थियो । उनको स्थानमा विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?