उदयपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका-४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
अजयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ
काठमाडौँ - 🕗२०८२ पुस १७ गते बिहिबार, काठमाडौं।





