घरायसी विवादमा दाउ प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् नियन्त्रणमा

पढ्नै पर्ने

बारामा एक दर्दनाक घटना भएको छ, जहाँ घरायसी विवादले उग्र रूप लिँदा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। कलैया उपमहानगरपालिका-१० मटिअर्वामा बुधबार दिउँसो भएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी झगडाकै क्रममा आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनमाथि धारिलो हतियार (दाउ) प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर चोट लागेकी सहिनाको घटनास्थलमै ज्यान गएको थियो।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले हत्यामा संलग्न मियाँलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बारामा ल्याएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?