लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पढ्नै पर्ने

सिन्धुली । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलका ४१ वर्षीय मनोज कार्कीलाई गए राति पक्राउ गरेको छ।

सामान्य विवादका क्रममा मनोजले ढुङ्गाको लोहोरो प्रहार गर्दा उनकी ३९ वर्षीया श्रीमती सानु कुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?