काठमाण्डौ
धनकुटाको साँगुरीगढी गाउँपालिका-८, लुखुवाका आशिष राई शारीरिक रूपमा अशक्त हुनुहुन्छ। २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन्। उहाँको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ। यो समाचार आजको ttps://epaper.gorkhapatraonline.com/गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकासित भएको छ।
आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाउनुभएको छैन तर पनि राईसँग अद्भुत क्षमता छ, अनौठो कला छ। राई सुन्दर चित्र बनाउनुहुन्छ। चित्र कोर्न आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ।
उहाँ मुखले सिसाकलम च्याप्नुहुन्छ, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नुहुन्छ। उहाँले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन्। उहाँ आफुले देखेका हिमाल, पहाड, तराई, जनावर, फुलहरु चित्रका रुपमा कोर्न्नु हुन्छ।