चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका-२ बस्ने २३ वर्षीय सितेस कुमार महतो र २० वर्षीय बिष्णु कुमार कामत रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५०८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित नागढुङ्गाबाट २ जना पक्राउ
