पोखराको सरकारी विद्यालय निजीलाई भाडामा दिने वडा अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पढ्नै पर्ने

काठमाडौं । पोखराको सरकारी विद्यालयको भवन र जग्गा कानुन विपरीत निजी स्कुललाई भाडामा दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरा–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको करिब ४ रोपनी जग्गा र भवन अन्जुली बोर्डिङ स्कुललाई १२ वर्षका लागि भाडामा दिई सरकारी सम्पत्ति दुरुपयोग गरेको ठहर गर्दै आयोगले मुद्दा चलाएको हो ।


प्रतिवादीहरू:
पोखरा महानगरपालिका–१ का वडा अध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, सदस्यहरू (बरुण विक्रम राणा, सोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं) तथा अन्जुली बोर्डिङका सञ्चालक राजु के.सी. र प्रिन्सिपल सुनिता कुँवर के.सी. रहेका छन् ।
उनीहरूले मिलेमतोमा सरकारी सम्पत्ति निजी प्रयोगमा दिई १५ लाख २९ हजार ४०८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?