काठमाडौं
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपी रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एंव गृहमन्त्री समेत रहेका रवि लामिछाने धरौटिमा रिहा भएता पनि उनि बिरुद्ध काठमाण्डौ जिल्ला अदालतमा समेत मुद्धा परेको हुँदा उनि आईतबार बिहान ८:३० बजे अदालत उपस्थित हुने उनका सहयोगी दिपक बोहराले जानकारी दिए । उनि सडकमार्ग हुदै पोखराबाट काठमाण्डौ आउदैछन, भोलि सनिबार सार्वजनिक बिदा भएकाले उनि आइतबार मात्र अदालत हाजिर हुने बताईएको छ। आज नै अदालत उपस्थित हुने भनेता पनि पोखरामा विभिन्न कानुनि कार्यहरु सक्दा आज उपस्थित हुन नभ्याईएकोले आईतबार मात्र अदालत उपस्थित हुने जनाईएको छ।