सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा बसोबास गर्दै आएका चितवन भरतपुर महानगरपालिका–१० का ३३ वर्षीय गुञ्जन राई रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राईले फेसबुकमा पीडितको तस्बिर तथा भिडियोसहित विभिन्न स्ट्याटसहरू पोस्ट गरी चरित्र हत्या हुने किसिमका सामग्री सार्वजनिक गरेका थिए। ती स्ट्याटसमा अन्य व्यक्तिहरूबाट समेत पीडितको चरित्र हत्या हुनेगरी टिप्पणीहरू (कमेन्ट) आएका थिए।

पीडितले दिएको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार राईलाई ललितपुर बाँडेगाउँबाट पक्राउ गरेको हो।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?