आज साँझदेखि वि.पि राजमार्गको काभ्रे खण्डमा एक महिनासम्म रात्रिकालीन सवारी सञ्चालन गर्न रोक

पढ्नै पर्ने

बिनोद पौडेल
बिनोद पौडेल
बिनोद पौडेल एबिएम अनलाईनखबरको सम्पादक हुनुहुन्छ।

धुलिखेल, काभ्रेपलाञ्चोक, मनसुन सक्रिय भएसँगै बाढी तथा पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले वि.पि राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। सम्भावित विपदबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यो महत्त्वपूर्ण निर्णय लिएको हो।

जिल्ला सुरक्षा समितिको मिति २०८२ असार १८ गते बसेको बैठकको निर्णयानुसार, वि.पि राजमार्ग अन्तर्गत काभ्रे जिल्लामा पर्ने काभ्रेभञ्ज्याङ-भकुण्डेबेशी हुँदै सिन्धुलीतर्फ जाने सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा प्रतिबन्ध लगाइएको हो।

प्रशासनद्वारा मिति २०८२ असार २० गते जारी गरिएको सूचना अनुसार, यो नियम असार २२ (आजदेखि) गतेदेखि लागू हुनेछ र एक महिनासम्म कायम रहनेछ।

कहिलेदेखि कहिलेसम्म चल्दैनन् गाडी?

सूचनामा उल्लेख भएअनुसार, वि.पि राजमार्गको उक्त खण्डमा आज साँझ ०६:३० बजेदेखि बिहान ०५:०० बजेसम्म कुनै पनि प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

किन लगाइयो प्रतिबन्ध?

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ, “हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद्जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाका लागि यो निर्णय गरिएको हो।”


वि.पि राजमार्गको यो खण्ड भौगोलिक रूपमा कमजोर रहेको र वर्षायाममा पहिरोको उच्च जोखिममा पर्ने भएकाले प्रशासनले पूर्वसावधानी अपनाएको हो। दिउँसोको समयमा सडकको अवस्था अनुगमन गर्न सहज हुने तर रातको समयमा पहिरो खसेमा तत्काल उद्धार तथा प्रतिकार्यमा कठिनाइ हुने भएकाले रात्रिकालीन यात्रामा रोक लगाइएको हो।


यो निर्णयसँगै काठमाडौंबाट पूर्वी नेपालतर्फ जाने र आउने हजारौं यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित हुनेछन्। प्रशासनले सबै यात्रु तथा यातायात व्यवसायीहरूलाई सोहीअनुसार आफ्नो यात्रा तालिका व्यवस्थापन गर्न र प्रशासनको निर्णयलाई पालना गरी सम्भावित जोखिमबाट बच्न अनुरोध गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?