गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

पढ्नै पर्ने

मङ्सिर २५ , २०८१, मंगलबार   
काठमाण्डौ ।

रौतहटमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मंगलबार राति पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा सडक खण्डमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको हो । बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो। दुर्घटनामा सिराहा बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महरा सवारी चालक ५० वर्षीय श्रीकुमार यादवको पनि मृत्यु भएको हो । अन्य ५ जना घाइते भएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?