गृहमन्त्रीद्वारा प्रहरी महानिरीक्षक थापालाई बिदाइ

पढ्नै पर्ने

गृहमन्त्री रमेश लेखकले बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका नेपाल प्रहरी महानिरीक्षक दिपक थापालाई बिदाइ गर्नुभयो।

सो अवसरमा गृहमन्त्री लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले थापाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाई तथा आगामी जीवनका लागि शुभकामना व्यक्त गर्नुभयो।

यस क्रममा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीजस्तो गौरवशाली संस्थामा काम गर्ने अवसर पाउनु गर्वको विषय भएको बताउँदै, आफ्नो कार्यकालमा पारदर्शिता र निष्पक्षतापूर्वक जिम्मेवारी पूरा गरेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?