२४ घण्टाभित्र दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

पढ्नै पर्ने

पौष ०३, २०८१ बुधबार 
काठमाडौ ।

सर्वोच्च अदालतले प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्‍यक्षीकरणको मुद्दामा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई अदालत उपस्‍थित गराउन आदेश दिएको हो। प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बुवालाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेका हुन्। यसमा निवेदकको माग अनुसार किन आदेश जारी हुनु नपर्ने हो, नपर्ने भए त्यसको आधार र कारणसहित प्रसाईलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश भएको हो।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले प्रसाईमाथि अनुसन्धान सुरु गरेको थियो। उनी मंसिर ४ गते आफनै निवासबाट पक्राउ परेका थिए । यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो । सिआइबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुन: पक्राउ गरी अनुसन्धान गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?