भक्तपुरको बालकोटमा एकै घरका बाबु/छोरा मृत फेला

पढ्नै पर्ने

पौष ०८, २०८१ सोमबार 
काठमाण्डौ

भक्तपुरको बालकोटको एकै घरमा बाबु/छोरा मृत भेटिएका छन् । स्थायी ठेगाना खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण आचार्य रहेका छन् । कुलप्रसाद दुई छोराहरु मिलन र प्रविण पढाईको सिलसिलामा कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । काठमाडौं आएका कुलप्रसाद पनि आफ्ना छोराहरूको कोठामा पुगेका थिए ।

गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर सुतेका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठाको बाहिरबाट ताला लागेको थियो । कोठामा बाहिर ताला लागेकाले अन्य व्यक्तिहरूले खासै वास्ता राखेनन निकै लामो समयसम्म पनि कोहि कसैलाई नदेखेपछि सोहि घरमा भाडामा बस्ने अन्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको हो। यस घटनालाई प्रहरीको प्रारम्भिक अनुसन्धानले कोहि कसैले हत्या गरि ढोकाको ताला लगाएको हुनसक्ने आशंका गरेको छ । शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् यसले पनि प्रहरीलाई थप शंका उत्पन्न गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?