मेडिकल ब्यबसायी दुर्गा प्रसाईं सहित तीन जनाविरूद्ध संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दायर

२०८१ पौष २४ गते बुधबार।

पढ्नै पर्ने

काठमाण्डौ 

प्रखर बक्त्ता एंव सामाजिक अभियान्ताका रुपमा चिनिएका मेडिकल ब्यबसायी दुर्गा प्रसाईं सहित तीन जनाविरूद्ध संगठित रूपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दायर गरेका हुन् । साधारण तारेखमा रहेका दुर्गा प्रसाई र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को हिरासतमा रहेका हरिचन्द्र फुयाललाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो। अर्का प्रतिवादी भने फरार रहेका छन्।

प्रसाईंले हरिचन्द्र र रामचन्द्रलाई परिचालन गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा व्यवसायीहरूलाई रकम असुलीका लागि धम्क्याएको आरोप छ। उनीहरूविरूद्ध सरकारी वकिलको कार्यालयले आपराधिक लाभ लिन नहुने कसुर गरेको भन्दै सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्मको जरिवाना मागदाबी गरेको छ। त्यस्तै संगठित तर्फबाट थप ५० प्रतिशत सजाय माग गरी मुद्दा दर्ता भएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?